उदयपुरमा वृद्धा महिलालाई मानव मलमुत्र खुवाइयो

गाईघाट । उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ । छाडा पशु चौपायाको विषयमा विवाद हुदाँ उदयपुरको उदयपुरगडी गाउँपालिका वडा नं. ५ मौवासीकी ७५ वर्षीय महिलालाई मलमुत्र खुवाएको हो । 

गाउँमा एक्लै बसी गुजारा गर्दै आएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको निवेदन जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

छाडा पशुले बाली खाएको विवादमा मंगलबार राती छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देव वहादुर राईले कुटपिट गरि दिसा गर्न लगाई सोही दिसा खुवाईदिएको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुर्मीले बताए । प्रहरी निरिक्षक कुर्मीका अनुसार जिउ भरी नै दिशा लिएर जिल्ला प्रहरी कार्यालय आईपुगेकी वृद्धाको छिमेकीको कुटाईबाट दाईने आखाँमा गम्भिर चोट लागेको छ भने शरीरको अन्य भागमा पनि निलडामहरु रहेका छन् । वृद्धाको थप उपचार र  घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको र आरोपीलाई पक्राउ गर्नको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

छिमेकीले दिनहु जसो आफ्नो बारीमा छाडा गाईबस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछी हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफुलाई मलमुत्र खुवाईएको वृद्धाले बताईन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?