२०७५, ६ कार्तिक मंगलवार १०:०८

एनआरएनए मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ


प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलवार १०:०८

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । 

मंगलबार संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरेका छन् । 

शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस