प्रधानमन्त्री ओलीद्वारा विद्युतीय बसको शुभारम्भ

ललितपुर । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन् । 

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युतले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।” 

उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उनले बताए  । आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उनको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उनले बताए  । उनले भने, “अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ ।” 

सरकार सार्वजनिक यातायातको स्तर र गुणवृद्धि गर्नमा प्रतिवद्ध भएको उनले बताए । विद्युतीय बसको प्रयोगबाट सार्वजनिक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउँदै जानेमा उनको जोड छ । उनले भने, “विद्युतीय बस विस्तार गर्दै जानका लागि निजी क्षेत्रको यसमा सहभागिता खाँचो छ ।’ उत्पादन गर्नेहरूले पनि विद्युतीय बसको मूल्य घटाउन खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए । 

विद्युतीय बसको शुरुवात अहिलेका लागि सानो प्रयास मात्रै भएको प्रधानमन्त्री ओलीले बताए । लुम्बिनीमा चलाउने बस केही समयका लागि काठमाडौं उपत्यकामा चलाउन लागिएको हो । विज्ञान र प्रविधि मानव जीवनलाई सहज बनाउन प्रयोग हुनुपर्नेमा उनको जोड छ । 

पहिले ग्यास घरघरमा भनेकामा अब विद्युतीय चुल्हो घरघरमा लैजाने सरकारको योजना उनले सुनाए । उनले भने, “त्यतिबेला घरघरमा ग्यास पाइपभन्दा धेरै चर्चित भयो त्यो शुरु भइसकेको पनि छ, अब हाम्रो योजना विद्युतीय चुल्हो हो ।” ग्यासको सिलिण्डर पु¥याउन नसकिने बस्तीलाई एकीकृत र व्यवस्थित बस्ती बनाउनेमा उनको जोड छ । 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले आगामी छ महीनाभित्रमा गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने बताए । 

एसियाली विकास बैंकको आर्थिक सहयोगमा बस ल्याइएको हो । बसको बजार मूल्य दुई करोड रहेको साझा यातायातले जनाएको छ । २० जना क्षमताको बस अपाङ्गतामैत्रीसमेत रहेको छ । बसको व्यवस्थापन साझा यातायातले गर्ने भएको छ ।

तस्वीर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?