२०७५, ५ कार्तिक सोमवार ०६:३१

जुवाखालबाट १५ जनालाई पक्राउ


प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमवार ०६:३१

 नवलपरासी । पूर्वी नवलपरासीमा जुवाखालबाट साढे चार लाख नगदसहित १५ जनालाई पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो । 

 गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेकाहरुलाई सोमबार बिहान प्रहरीले  पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गैंडाकोट-१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका ५ का विमल श्रेष्ठ, भरतपुर २ का खुमप्रसाद श्रेष्ठ, भरतपुर ३ का अनिल शाह, भरतपुर ४ का श्याम लामा, भरतपुर २ का प्रदीप लामा, भरतपुर ११ का निर्मल श्रेष्ठ, भरतपुर १९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका १४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ बेंसीशहर २ का विपिन गुरुङ रहेका छन् ।

पक्राउ परेकाहरुलाई अवाश्यक कारर्वहीको लागि  इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस