निर्मला हत्या प्रकरण : विष्ट र भट्ट बर्खास्त प्रक्रियामा

काठमाडौं– गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा गम्भीर लापरबाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको बर्खास्त प्रक्रिया अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिस र छानबिन समितिको सुझावको आधारमा गृहले आइतबार २४ घण्टे स्पष्टिकरण सोधेको स्रोतले जनायो ।
गृहसचिव प्रेस राईले सोधेको स्पष्टिकरणपत्रमा निर्मला प्रकरण छानबिनमा गम्भीर लापरबाही गरेको र सेवाबाट किन बर्खास्त नगर्ने भन्ने ब्यहोरा रहेको छ ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?