आज राति नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने

काठमाडौं । नेपाली आकाशमा आज उल्का वर्षा देखिने भएको छ ।

३२ वर्षपछि हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ । नेपाल एस्ट्रानोमिकल सोसाइटीकाअनुसार ती उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको हो ।

उल्का वर्षा आइतबार राति पौने ११ बजेदेखि सोमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने छ । 

उल्का वर्षा के हो ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् । यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलोको पुछ्रेतारा’ भनिएको हो । यो एक नियमित पुछ्रेतारा हो । यसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?