रामेछाप जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो, ८ घाइते

रामेछाप– रामेछाप नगरपालिका–१ गोगनेमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।८ जना घाइते छन् ।

घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो  भने  जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट  २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?