२०७५, ३ कार्तिक शनिवार ०९:३२

कांग्रेसका नेता प्रदीप पौडेल जापान आइपुगे


प्रकाशित मिति : २०७५, ३ कार्तिक शनिवार ०९:३२

टोकियो–नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान आइपुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी यहाँ आएका हुन् । गतवर्ष जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन जापान गएका पौडेललाई त्यहाँको अध्यागमले फिर्ता पठाइदिएको थियो  । यसपटक भने उनले निर्वाध रुपमा प्रवेश पाएको बताइएको छ । पौडेललाई हानेदा एयर्पोर्टमा नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस