टिका र जमरा थाप्ने क्रम आज पनि जारी

काठमाडौं।  नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादशैँको आज एघारौं दिन हो । अर्थात् एकादशी। 

हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दशैँ धुमधामका साथ मनाइ रहेका छन् । 

विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ।

घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने गरिएको छ । 

केहि दिन देखि सुनसान भएको राजधानीमा आजबाट चहपहल बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?