प्रतिनिधि सभातर्फ तमलोपा र नेपाल समाजवादीले आयोगमा बुझाए समानुपातिकको बन्दसूची

लोकपथ
91
Shares

काठमाडाैं । प्रतिनिधि सभातर्फ तराई मधेश लोकतान्त्रि पार्टी (तमलोपा) र नेपाल समावेशी पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची पेश गरेका छन् । समानुपातिक तर्फको बन्द सूची पेश गर्ने आज पहिलो दिन प्रतिनिधिसभा तर्फ यी दुई दललेमात्र बन्द सूची बुझाएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सहायक निर्वाचन अधिकृत यज्ञ भट्टराईले लोकपथलाई जानकारी दिए ।

त्यस्तै, प्रदेशसभा तर्फ बागमती प्रदेशमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, मधेश प्रदेशमा तमलोपा र प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टीले समानुपातिकतर्फको बन्द सूची पेश गरेको उनले बताए । ‘आज पाँच बजेसम्म बन्द सूचीका लागि कु¥यौं,’ उनले भने, ‘अब भोलि सबै पार्टीहरुको आउला ।’

आयोगले २६ भदौमा एक सूचना जारी गर्दै असोज २ र ३ गते दलहरुलाई समानुपातिकको बन्द सूची पेश गर्न आह्वान गरेको थियो । पेश गरिएको सूची सच्याउने अन्तिम मयाद असोज १६ गतेसम्म हुने आयोगले जनाएको छ ।

त्यस्तै, बन्दसूची कानूनले तोकेअनुसारको भए नभएको चेक गर्ने समय असोज ४ देखि ९ गतेसम्म तोकिएको भट्टराईले बताए । ‘यो अवधिमा आयोगले जाँचबुझ गरेपछि दलहरूलाई असोज १० देखि १६ गतेसम्म दलहरुले बन्दसूची सच्याउनु पर्नेछ,’ उनले भने, ‘बन्दसूची कानून र नियमानुसार नभएमा अस्वीकार गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?