समाचारको लिंक सेयर गर्दा जागिर चट् !

जनकपुरधाम– सामाजिक सञ्जालमा समाचारको लिंक सेयर गरेको आरोपमा जिल्ला अदालत धनुषामा कार्यरत एक कर्मचारीको जागिर खोसिएको छ ।
संविधानविरोधी भावना व्यक्त भएको समाचारको लिंक सेयर गरेको आरोपमा डिठ्ठा पदमा करारमा कार्यरत गुञ्जा रायले सरकारी जागिरबाट हात धुनु परेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
गत असोज ३ गते संविधान दिवसको दिन आफूले संविधानविरोधी भावना व्यक्त गर्ने, ब्ल्याक आउको समर्थन गर्नेलगायतका पोस्ट सेयर गरेको उनले स्वीकार गरेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?