मुख्यमन्त्री भेला प्रकरणमा गुरुङको यस्तो दाबी

पोखरा – प्रधानमन्त्रीले बोलाएको प्रदेश समन्वय परिषद्को संघारमा मुख्यमन्त्री भेला गरेर केन्द्रसँग मतभेद राखेका गण्डकीका मुख्यमन्त्रीले आफ्नो कामको बचाउ गरेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको अधिकार खोजेर संघीय सरकारलाई तर्साउने मनसाय नरहेको बताउँदै केन्द्रलाई घेराबन्दी नगरेको प्रस्ट्याए ।

प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै उनले भने, ‘संविधानमै भएका व्यवस्था लागू गर्न आनाकानी गर्दा प्रदेश सरकार कमजोर देखिएको छ । केही परिणाम नआउँदा प्रदेश सरकारको कामै रहेनछ भन्ने लाग्नु स्वाभाविकै हो । चाँडोभन्दा चाँडो यो व्यवस्थालाई कसरी सफल बनाउने र जनतालाई कसरी सुखसुविधा दिने, यसको औचित्य पुष्टि गर्नुपर्छ ।’

मुख्यमन्त्री भेला ‘कसैप्रति घेराबन्दी होइन, आलोचना पनि होइन’ भन्दै उनले संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्न मात्रै चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?