राष्ट्रकविको १०० औं जन्मदिनका ७ तस्बिर

काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार १०० औं जन्मदिन मनाएका छन् ।

लमजुङको पुस्तुन, बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मेर आज एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले भेटेर शुभकामना दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई बिहानै राष्ट्रकवि निवासमा भेटेर शुभकामना दिइन् ।

राष्ट्रकवि भेट्न अपरान्ह ४ बजे पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फुलको पुष्हार र फलफूल दिँदै दोसल्ला ओढाएर सुस्वास्थ्य र दीर्घायुको कामना दिए ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शताब्दीपुरुष सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णुविभु घिमिरेलगायतले शुभकामना दिएका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, काङ्ग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वसांसद रामचन्द्र पोखरेल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, कलाकार, पत्रकारले, वकील तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?