फरार अभियुक्त २३ वर्षपछि पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो । 

प्रधानले २०५२ असोज ७ गते स्थानीय केदारबहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद फैसला गरेको प्रहरीले जनाएको छ ।

कैद फैसलापछि फरार रहेका प्रधानलाई प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत भोजपुरमा हाजीर गराएको थियो । अदालतकोे आदेशअनुसार प्रधानलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?