१० आश्विन २०७९, सोमवार

एसपी जोगाउन हवल्दारलाई जेल

२०७९,श्रावण,३०,सोमवार ०७:३३

0
Shares

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो।

कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले सहमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाए हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्।

एसपी विष्टलाई जोगाउन सशस्त्र प्रहरी बल मुख्यालयको कानुन शाखाले साहुलाई हातहतियारको सुचना चुहाएको आरोप लगाएर जागिरबाट बर्खास्त मात्र गरेन उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छु स्रोतले भन्यो।

तर एसपी विष्टमाथि भने अहिलेसम्म छानबिन भएको छैन । उनलाई प्रधानमन्त्री कार्यालयबाटै संरक्षण भएकाले सशस्त्र प्रहरीले आन्तरिक छानबिनसमेत गर्न सकेको छैन। सशस्त्र प्रहरीले उनीमाथि छानविन गर्न खोजेपछि शक्ति केन्द्रको दबाबमा रोकिएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३०,सोमवार ०७:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा दोस्रो पटक नेपालको राजकीय भ्रमणमा आएकी

प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम

आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ ।

ताजा समाचार

गौतम धिमाललाई आईपीए अवार्ड
 २०७९,आश्विन,१०,सोमवार १६:११