निर्मला बलात्कारपछि हत्या प्रकरण : अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राम परीक्षण हुँदै

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राम परीक्षण गरिएको छ । 

पोलिग्राम (झुटो बोलेको पत्ता लगाउने प्रविधि) हो । 

नेपाल प्रहरीले डीआईजी धीरु बस्नेत नेतृत्वको नौ सदस्यीय समितिले घटनाको अनुसन्धा गर्ने प्रहरी अधिकारीको पोलिग्राम परीक्षण गरेको हो । 

समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने  तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार अनुसन्धानको लागि खटिएका प्रहरीको परीक्षण सकिएको छ भने तत्कालीन जिल्ला प्रहरी एसपी डिल्ली राज विष्ट लगायतको भने पोलिग्राफ हुँदैछ ।

निर्मलाको हत्या भएको दुई महिना भइसक्दा पनि अपराधी पत्ता नलागेको अवस्थामा देशव्यापी दबाब बढिरहेका छ । 

निर्मला अनुसन्धानमा खटिएका प्रहरी जो माथि आशंका गरिएको छ । उनीहरु दोषी ठहर भए निलम्बनमात्र नभई जागिरबाटै बर्खास्त गर्नुपर्ने तर अनुसन्धान अधिकारीलाई निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश नजाने भन्दै महानिरिक्षक खनालले फरक मत राखिरहेको अवस्थामा गत शनिबार साँझमात्रै गृहमन्त्रालयले पाँच जना प्रहरीलाई निलम्बन गरेको थियो । 

गृह मन्त्रालयले मिडिया र नागरिक समाजको चर्को दबाबका कारण  अनुसन्धानकर्मी प्रहरीहरुलाई निलम्बन गरेर अर्को शिराबाट अनुसन्धान थाल्ने  तयारी थालेको थियो । यद्यपी आईजीपी खनालले त्यसबाट सत्यतथ्य पत्ता नलाग्ने बताएका छन् । 

निलम्बित हुनेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी छन् ।

एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् । गृहमन्त्रालयले अहिलेसम्म ६ जना प्रहरीलाई निलम्बन गरे पनि बालिकाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दासमेत राज्य गम्भिर नदेखिएको बरु दोषीलाई उन्मुक्ती दिन लागिपरेको भन्दै निर्मलालाई न्याय देउ भन्ने आह्वानसहितको आन्दोलन हालसम्मपनि रोकिएको छैन । 

न्यायको खोजीमा हत्या गरिएकी किशोरी निर्मला पन्तका बुबाआमा यतिबेला काठमाडौँमा छन् । उनीहरुलाई अधिकारकर्मी  विभिन्न सामाजिक संघ संस्था, पेशाकर्मी, सञ्चारकर्मी ,आम नागरिक, अधिकारकर्मी, राजनीतिक दल, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिले स्वस्फूर्तरुपमा साथ दिईरहेका छन् ।

निर्मलाको गत साउन १० गते बलात्कारपपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो । 

थप समाचारहरु पढ्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?