आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति

नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका–८ मा आज बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । 

कावासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो । 

आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी  ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?