१७ आश्विन २०७९, सोमवार

विश्व संस्कृत दिवसलाई औपचारिक घोषणा गर्न सरकारसँग माग

२०७९,श्रावण,२७,शुक्रवार २०:४४

54
Shares

काठमाडौं । संस्कृतज्ञहरुले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसकोरुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम आयोजना गरेर संस्तज्ञहरुले यस्तो माग गरेका हुन् ।

आज पाँचौं विश्व संस्कृत दिवस मनाउने क्रममा संस्तज्ञहरुले यस्तो माग गरेका थिए । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर आज (शुक्रवार) विश्व संस्कृत दिवस मनाइएको हो । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) का दिन संस्कृत दिवस मनाउने गरिन्छ । जसमा संस्कृत भाषाको जगेर्नाका लागि पहलकदमी गर्न आवश्यक रहेको विद्वान वक्ताहरुले बताएका थिए ।

संस्कृत दिवसको अवसरमा आयोजित पुनः जागरण, जनचेतना, भाषिक चेतना र ज्ञानवृद्धिका कार्यक्रमले गर्दा सञ्चारमाध्यममा संस्कृत भाषाको पहुँच बढेको छ । त्यस्तै, संस्कृतानुरागी व्यक्तिहरु पनि बढ्न थालेका छन् । आज नेपालसहित विश्वका ३० भन्दा बढी देशमा संस्कृत भाषा सम्बन्धी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

यस्ता कार्यक्रमले संस्कृत भाषाको प्रवर्द्धन, संवर्द्धन र उन्नयनमा बढोत्तरी गर्ने आयोजक समितिले बताएको छ । संस्कृत भाषाको संवद्र्धन र प्रवद्र्धनमा जोड दिनका लागि यस क्षेत्रलाई महत्वपूर्ण योगदान दिने वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई योगदानको कदर गर्दै विशेष सम्मान र आरुणि संस्कृत शोधवृत्तिको शुरुवात गरिएको थियो ।

संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई १ लाख रुपैयाँ राशिको आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्न शुरु गरिएको आयोजकले जनाएको छ । पुरस्कार राशि र कार्यक्रम जरो
किलो प्रतिष्ठानले शुभारम्भ गरेको हो । कार्यक्रममा विद्वान वक्ताहरुले संस्कृतको बारेमा आम मानिसमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए ।

संस्कृत भाषाको जननी भएकोले यसको संरक्षण र संबर्द्धन गर्दै थप कार्यक्रम गर्न आवश्यक रहेको बताए । वक्ताहरुले श्रावणपूर्णिमाका दिनलाई विश्व संस्कृत दिवस भनेर नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्रसंघ समक्ष पनि पेस गर्न माग गरेका छन् ।

उनीहरुले नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा यो प्रश्ताव पुर्याउन र नेपाल सरकारले पनि संस्कृत भाषाको संरक्षणको लागि महत्वपूर्ण भुमिका खेल्न माग गरेका छन् । अनौपचारिक रुपमा विश्व संस्कृत दिवस वि.सं.२०७५ सालबाट मनाउन थालिएको हो ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार २०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ । नेपालमा मुख्यतः

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९