अमेरिका उडे केपी ओली, फर्किने छैनन् १२ दिनसम्म स्वदेश (फोटोफिचर)

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । उन आगामी असोज १८ गतेसम्म स्वदेश फर्किने छैनन।

उनी अमेरिका उड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,  उपप्रधानमन्त्री ईश्वर पोखरेल  उ, उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत  बिदाईका विमानस्थल पुगेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । संयुक्त राष्ट्र सङ्घको महासभालाई प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?