जन्म र मृत्यु दर्ता गर्दा पैसा पाइने

इलाम- व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।

गाउँपालिकाले तोकिएको समयमा व्यक्तिगत जन्मदर्ता गर्दा प्रसुति स्याहार भत्तावापत रु तीन हजार र मृत्यु दर्ता गरेमा मृतक परिवारलाई रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने छ । जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको हो, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, “यो प्रक्रिया चालु आवदेखि लागू भएको छ ।”

यस्तैगरी बिरामी र दीर्घ रोगीलाई पनि गाउँपालिकाले उपचार खर्च प्रदान गर्ने भएको छ । क्यान्सर रोगी, मृगौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर तथा ब्रेन ह्यामरेज, प्यारालाइसिस भई हिडडुल गर्न नसक्ने, दुर्घटनामा परी अङ्गभङ्ग भएका तथा आगलागीमा परी अपाङ्गता भएका व्यक्तिलाई वार्षिक रु २० हजार र अन्य दीर्घरोगीलाई वार्षिक रु पाँच ह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?