गाडी भाडा १० प्रतिशत बढ्यो, अग्रिम बुकिङ खुलाउन व्यवसायी सहमत

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने निर्णय गरेको छ ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायीसँग भएको वार्तामा इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानेर १० प्रतिशत भाडा बढाउने सहमति भएको भएको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए।
मन्त्रालयमा  यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेको थियो ।

यसअघि भाडा बढाउनुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ गर्न अस्वीकार गरेका थिए । अब भने पूर्ववत रुपमा अग्रिम टिकट खुलाउने व्यवसायीहरुले बताएका छन् । यद्यपि मिति तोकिएको छैन।
सहमतिअनुसार आगामी मंंसिरसम्मा भाडा समायोजन पनि गरिनेछ ।
बढेको भाडादर आइतबारदेखि नै लागू हुनेगरी यातायात व्यवस्था विभागले सिफारिस गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?