चितुवा र रेड पाण्डाको छाला सहित दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ६ फिट ३ ईन्च लामो चितुवा र रेड पाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । 

दुर्लभ वन्य जन्तुको छाला अवैध रुपमा सञ्चय गरी बिक्री वितरणको लागी ओसार पसार भइरहेको विशेष सूचनाको आधारमा काठमाडौं प्रभाव गोगंबुबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लमजुङ बेसी सहर बस्ने वर्ष २४ को पम बहादुर तामाङ र रसुवा वाँस भन्ज्याङ घर भई हाल नेपालछार शेषमति बस्ने वर्ष २८ को भिम लाल गोरे रहेका छन् । 

तामाङले गोरखाबाट बिक्री वितरण गर्ने उद्देश्यले काठमाडौं ल्याएको चितुवाको छाला सहित गोगंबुबाट र तीन थान रेड पाण्डाको छालासहित बालाजु बाइपास रोडबाट गोरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?