गंगामाया न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने

काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारी न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने भएकी छिन् । 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा छबिलाल पौडेललाई रिहा गरेपछि गंगामाया आक्रोशित भएकी हुन् । 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन् । 

छोराको हत्यारालाई पक्राउ गरी कावारही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास पनि व्यक्त गरिन् । 

आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको समेत आरोप लागाउँदै मागंगामायाले ठूला अपराधिलाई अन्तर्राष्ट्रिय अदालतले समात्ने विश्वास पनि व्यक्त गरिन् । 

छोराको हत्यारालाई कावारही गर्न माग गर्दै आमरण अनसन बसेका गंगामायाका पति नन्दप्रसादको पनि ३ वर्ष अघि वीर अस्पतालमै ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?