सार्वजनिक यातायातमा भाँडभैलो ! चालकसँग सहमति, गाडीका साहुको घुर्की बढ्दै

काठमाडाैं : हिजो शुक्रबार शिंहदरबारभित्र सार्वजनिक यातायात क्षेत्रका दुर्इ समूहसँग सरकारले वार्ता ग-यो । एउटा समूह सवारी चालकहरूको थियो, जसले यातायात व्यवस्था एेनको विरोध गर्दै केही दिनयता सवारीसाधन चलाउन ठप्प पारेका थिए । 

अर्काथरि थिए-सार्वजनिक यातायातका क्षेत्रमा लामो समयदेखि कार्टेलिङ र सिन्डिकेट लादेर बसेका व्यवसायी, जसको एउटै मात्र उद्धेश्य नागरिक र सरकारलार्इ दबाबमा पारेर सिन्डिकेट फर्काउने । 

असोज २ गतेदेखि सवारीसाधन नचलाएका चालकहरू हिजो सिंहदरबारमा सरकारी अधिकारीहरूसँग् बैठक बसि सहमति गरेर काममा फर्किएका छन् । यी चालकहरूले गाडी नचलाउँदा देशका विभिन्न सडकमा गाडीका दशाैं किलोमिटर लामा लार्इन लागेका थिए । 

सवारीचालक र सरकारबीच भएको सहमति

तर, चालकहरूलार्इ यातायात व्यवस्था एेनको विरोध गर्न लगाएर अाफ्नो व्यवसायिक स्वार्थ पुरा गर्न खोजेका सिन्डिकेटधारी व्यवसायीहरू भने सरकारसँगको वार्तालार्इ बिनानिष्कर्ष टुंग्याउन शुरूदेखि नै कोशिस गरिरहेका थिए । चालकहरूसँग सरकारले सहमति गरेपछि थप अप्ठ्यारोमा परेका उनीहरूले सरकारसँग नयाँ शर्त राखे । 

अाम नागरिकको दबाब थेग्न नसेकर सरकारले बन्द गर्न खोजेको सिन्डिकेट ब्युँताउन कम्मर कसेर लागेका व्यवसायी र सरकारका अधिकारीहरूबीच हिजो अर्थात असोज ६ गतेदेखि दशैं, तिहार लगायत चाडपर्वमा अावतजावत गर्ने नागरिकका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल हुँदै थियो । तर, सिन्डिकेटधारी व्यवसायीले सरकारका सामु नयाँ शर्त तेर्स्याए : सिन्टकेट नियन्त्रणको प्रयास बन्द हुनुपर्छ, सरकारले रोक्का गरेको समितिहरूको बैंक खाता फुकुवा हुनुपर्छ र तेलको मूल्य बढेकाेले अाफुहरूले भनेअनुसार सरकारले नयाँ भाडादर निर्धारण गर्नुपर्छ । 

अन्तत : कुरा नमिलेको भन्दै यातायात व्यवसायी र सरकारका अधिकारीहरू वार्ताबाट उठे । उनीहरूले फेरि बसेर छलफल गर्ने प्रतिक्रिया दिए ।

सिन्डिकेट व्युँत्याउन प्रयास गरिरहेका यातायात व्यवसायीहरूलार्इ सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य अर्को बहाना बनेको छ । उनीहरूले ४८ घण्टाभित्र सरकारलार्इ मूल्यबृद्धि फिर्ता लिन, अन्यथा टिकट बुकिङ नखोल्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?