प्रदेश कमिटीमा पूर्वएमाले हावी, मापदण्ड मिचेर कमिटी तय

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् ।
नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले १२÷१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् । ने क पाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो ।
सातवटै प्रदेशमध्ये ओली र नेपाल पक्षका तीन÷तीन जना इन्चार्ज छन् भने दाहाल पक्षका एक जना मात्रै छन् । यस हिसाबमा प्रदेशमा पूर्वएमाले हावी भएको छ ।
सात सहइन्चार्जमा ओलीले २, दाहालले ४ र नेपाल पक्षले १ पाएका छन् । सात अध्यक्षमा ओलीले ३ र दाहाल पक्षले ४ प्रदेश पाएको हो । सचिवमा ओली पक्षका ४ र दाहाल पक्षका ३ छन् । ओली पक्षले प्रदेश २, गण्डकी र ५ को इन्चार्ज पाएको छ । नेपाल पक्षले प्रदेश १, ३ र ७ मा इन्चार्जको जिम्मेवारी पाएको छ । गण्डकी प्रदेशमा दाहाल पक्षले इन्चार्ज पाएको छ । प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा नेपाल पक्षले चारमध्ये कुनै नेतृत्व पाएको छैन ।
राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?