अस्थायी ल्यान्डफिल साइट बनाउन एक वर्ष लाग्ने

काठमाडाैं- वैकल्पिक ल्यान्डफिल साइट तयार गर्न  एक वर्ष लाग्ने भएकाे छ ।
नयाँ ल्यान्डफिल साइट बनाउन जमिन सम्याएर पहिला ग्राभेल बिछ्याउनुपर्ने, बेसमुनि पानी सोस्न पाइप राख्नुपर्छ । त्यस्तै, ग्यास निस्कने पाइप जडान गर्नुपर्ने र ग्यास वातावरणमा मिसिनबाट रोक्न ग्यास ट्याप गर्ने उपकरण जडान गर्नुपर्ने बाटो बनाउनुपर्नेलगायत काम गर्नुपर्ने हुनाले धेरै समय लाग्ने एक कर्मचारीले बताए ।
 अस्थायी ल्यान्डफिल साइट निर्माणमै २५–३० करोड रुपैयाँ लाग्ने र तत्काल निर्माणको काम थाले पनि एक वर्षजति समय लाग्ने बताइएको छ । यसकारण अब काठमाडाैकाे फाेहाेर कहाँ राख्ने भनेर तनाव सिर्जना भएकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?