भारतीय अपराधीको गोली प्रहारबाट ज्यान गुमाएका अन्सारीलाई शहिद घोषणा

काठमाडौँ– सरकारले भारतीय अपराधीको गोली प्रहारबाट हत्या भएका सुनसरीका शिक्षक खुर्शिद अन्सारीलाई सहिद घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को शु्क्रबार राती सम्पन्न बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । मृतकको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले तीन डीआईजीहरु ठूले राई, धिरु बस्नेत र पुस्कर कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?