१५ तस्वीरमा इन्द्रजात्राको रौनक

काठमाडौं । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो । इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्न हो । 

१२औँ देखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्रमा यो जात्राको उद्गम स्थल हो । 

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । 

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड हो । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।


विशेष गरि काठमाडौं उपत्यकामा आठ दिनसम्म मनाइने इन्द्रजात्रा आज (शुक्रबार)बाट शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट आठ दिन इन्द्रजात्रा मनाइन्छ ।  


आठ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलाई नेवारी भाषामा यः सिं भनिन्छ ।


यही परम्पराअनुसार शुक्रबार बिहान हनुमानढोका दरबार क्षेत्रमा लिंगो ठड्याएर यस वर्षको पर्वको शुरुवात गरिएको छ । 


बिहान ०८ः०३ बजे साइत भएकाले त्यही अनुसार लिंगो ठड्याइएको हो ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई व्रतका लागि आवश्यक पारिजात फूल टिप्न छोरा जयन्तलाई पठाउँदा दैत्यले पक्राउ गरेको र जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउने गरिएको किंबदन्ती छ ।

त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ । 

लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?