भलवारी डिपोबाट गुडे १५ वटा ट्यांकर, कडा सुरक्षाबीच राजधानीतर्फ आउँदै

काठमाडौं । हप्ता दिनदेखि पेट्रोलियम पदार्थको डुवानीमा हड्तालका कारण थन्किएका ट्याङ्कर कडा सुरक्षाका बिच गुडेका छन् । 
काठमाडौंमा पेट्रोलको चरम अभाव देखिएपछि नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोबाट कडा सुरक्षाबिच काठमाडौँका लागि ३५ वटा ट्यांकर  गुडेका हुन् ।  
सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव भएर जनताले सास्ती खेप्नुपरेपछि स्थानीय प्रशासनले व्यवसायी र चालकसँग वार्ता गरी सहमति निकालेर ट्यांकरलाई राजधानी काठमाडौं पठाएको हो ।

सरकारले सुरक्षा निकायका झण्डै ६० चालकलाई प्लेन चार्टर गरी पठाएर भए पनि तेलका ट्यांकर काठमाडौं ल्याउने तयारी गरेपछि ‘बिहानसम्म ट्यांकर काठमाडौ ल्याउन असन्तुष्टि जनाएका व्यवसायी र चालकले सहमति जनाएका हुन् । 

केही समयपछि २० वटा डिजेलका ट्यांकर तथा थप केही पेट्रोलका ट्यांकर पठाउने बताईएको छ । 

पेट्रोलियम ट्यांकरका चालकहरुले भदौ १ गतेबाट लागू भएको मुलुकी ऐनमा भएका कतिपय ऐनको विरोध गर्दै र सुरक्षा भत्ता र तलब वृद्धिको माग गर्दै पेट्रोलका ट्यांकरको ढुवानी गरेका छैनन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?