खुर्सिद अन्सारीको हत्याको छानबिनका लागि समिति गठन

काठमाडौं । बिहीवार सुनसरीमा हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरिएका खुर्सिद अन्सारीको हत्याको छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । छानबिन समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक तुलसी प्रसाईं, अन्तरिम मामिला तथा कानून मन्त्रालयण्का उपसचिव रविन्द्र आचार्य र प्रशासकीय अधिकृत राजन पाण्डे रहेका छन् ।

गृह मन्त्रालयका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्नेछ ।

खुर्सिदको बिहीवार हरिनगरा गाउँपालिका–२ को भुटाहा गाउँमा गोली हानी हत्या गरिएको थियो । स्थानीयले गृहमन्त्री आफै आएर घटनाको छानबिन गर्नुपर्ने भन्दै शव उठाउन मानेका छैनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?