सुनसरीमा भारतीय समूहले गोली चलायो, एक शिक्षकको ज्यान गयो

सुनसरी । सुनसरीको हरिनगरा, घुस्कीमा गोली लागेर एक शिक्षकको ज्यान गएको छ । भारतबाट आएको हतियारधारी एक समूहले विद्यालयका शिक्षकमाथि गोली प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली मोटरसाइकलमा आएको समूहले इस्लाम धर्मका शिक्षक खुर्सिम आलमको गोली प्रहार गरी हत्या गरेको हो ।

शिक्षकको हत्या गरी भागेका हतियारीधारी समूहले सीमा नाकामा चेकजाँचमा बसेको प्रहरीको टोलीलाई समेत गोली प्रहार गरेको थियो । उनीहरुको गोली लागेर प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले उक्त क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ भने नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?