महोत्तरीको लुटपाटमा संलग्न तीन आरोपी पक्राउ

महोत्तरी । महोत्तरीबाट प्रहरीले गोली प्रहार गरी लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका १३ का रमेश लामा, अजमल अली शेष र इसुन घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । 

महोत्तरीको भंगाह नागरपालिका ६ जमुनियामा गोली प्रहार गरी अर्जुन भुजेलका घरबाट १० लाख रुपैयाँ बराबरको लुटपाट गरेका थिए । गोली प्रहार र धारिलो हतियारबाट डाँका समूहले आक्रमण गर्दा घर धनी भुजेलसहित चार जना घाइते भएका छन् ।

घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?