छबिलाल रिहा हुँदा प्रचण्ड उत्साहित

काठमाडौं–जिल्ला अदालत चितवनको आदेशपछि फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल रिहा हुने भएका छन् ।
आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्तमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । १२ जनालाई सफाइ दिएसँगै छविलाल पौडेल  सोमबार रिहा हुने भएका हुन् ।

पौडेल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने कार्यक्रम तय भएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । प्रचण्ड भोलि बिहान ७ बजे डिल्लीबजार कारागार जाने खुमलटार स्रोतको भनाई छ ।  गत असार  २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?