डुंगा दुर्घटना अपडेट : बेगनास तालमा वेपत्ता ६ मध्ये पाँचको शव फेला

पोखरा । पोखरास्थित बेगनास तालमा शनिबार भएको डुंगा दुर्घटनामा डुबेर हराईरहेका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । 

यो सँगै डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ भने एक अझै वेपत्ता छन् । 

शव भेटिनेमा १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडेल, ७ वर्षीय शंकर खनाल र ८ वर्षीय शिव खनाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङ्गका अनुसार ३२ वर्षका रवि खनाल अझै वेपत्ता छन् । 

वेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सहित शसस्त्र प्रहरीको कुरिनटारको गोताखोर टोलीले खाजी गरिरहेको छ । 

डुङ्गा दुर्घटनामा पोखरा २८ की कृष्णकुमारी वजगाईँ र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको शनिबार नै ज्यान गएको हो ।  दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचार गरी शनिबार घर फर्किएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?