चार अस्पताल चहार्दा कुनैले लिएनन्

चितवन – भरतपुर–१५, मंगलपुरका बलराम विक सर्पले डसेर बिरामी भएका तीन वर्षीय नाति सलिनको उपचारका लागि बुधबार राति भरतपुरका चारवटै ठूला अस्पताल पुगे ।

करिब एक घण्टा भौंतारिँदा पनि कुनैले उपचार गरिदिएनन् । अन्तिममा भरतपुर अस्पतालकै शरण परे तर नातिको ज्यान जोगिएन ।

अस्पतालै अस्पताल भएको भरतपुरदेखि पाँच किलोमिटर पर छ बलरामको घर । भरतपुर–१५, मंगलपुरको मनकामना टोलमा उनीहरूका दाजुभाइको घर लहरै छन् । दाइ कृष्णका तीन वर्षीय नाति राति जोडले रोएपछि बलराम ब्युँझिए । सलिनको औंला सुन्निएको थियो । ‘बिस्तारामै करेत सर्प देखेपछि हाम्रो होसहवास उड्यो । अर्को भाइलाई बोलाएर मोटरसाइकलमा अस्पताल हान्नियौं,’ बलरामले भने ।

सर्पदंशको उपचार सरकारी अस्पतालमा हुन्छ भन्ने उनीहरूलाई थाहा थियो । त्यसैले सुरुमै भरतपुर अस्पताल पुगे । तर आईसीयू खाली नभएकाले अर्को अस्पताल लैजान भने । त्यसैगरी अरु थप तीन अस्पताल पुर्याउँदा पनि उपचार हुन सकेन र बालकको ज्यान गयो–आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?