रौतहट डुंगा दुर्घटना [अपडेट]: वेपत्ता ५ मध्ये एक जनाको शव फेला

रौतहट । रौतहटस्थित लालबकैया नदीको टिकुलिआ बनजरहाघाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परेकामध्ये एक जनाको शव भेटिएको छ ।  

मृत्यु हुनेमा ईशनाथ नगरपालिका औरैया टोलकी रुनादेवी रहेकी छन् । लालबकैया नदिको तिब्र बहावको कारण मृतक महिलाको शव ८ किमि टाढा भारतको पडरिया घाटमा आइतबार बिहान फेला परेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । दुर्घटनामा ४ जना अझै बेपत्ता रहेका छन् । 

 डुंगामा सवार २६ मध्ये डुङ्गाका सह चालक गौर नपा ४ टिकुलिआका ओम प्रलास चन्दबन्सी, स्थानीय इन्दुदेवी, इशनाथ नपा औरैयाकी शान्ति देवी र १० बर्षकी उष्मा कुमारी बेपत्ता छन् ।

जिल्लाको अाैरहियाबाट गाैरतर्फ अाउँदै गरेको डुंगा शनिबार बेलुकी पूलका लागि बनार्इएको पिलरमा ठोक्किए दुर्घटना भएको हो । 

दुर्घटनामा परेकामध्ये १० जना यात्रु पाैडेर उत्रन सफल भएका थिए । 

हरार्इरहेकाको खोजीका लागि अार्इतबार बिहानैदेखि जिल्लास्थित सवै सुरक्षा निकाय र स्थानीय वासिन्दा लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?