दशरथचन्दको मेयरमा एमालेका लख्खाभाई, उपमेयरमा कांग्रेसका चन्द

लोकपथ
1.4k
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्कर राज जोशी लख्खाभाई विजयी भएका छन् । अन्तिम मत परिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन् ।

अहिले वडा न. ५ को केहि मत गणना बाँकी रहेकै बेला लख्खाभाईले गणना हुनु भन्दा ५ गुणा बढीको मतान्तर बनाएका छन् । लख्खाभाईले अहिले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ । लख्खाभाई २०७४को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए । अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन् ।

यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन् । नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन् । उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।

एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न१मा बिष्णु भट्ट, वडा न२मा सुर्य बोहरा, वडा न३मा अजव पाण्डेय, वडा न४मा भानदेव भट्ट, वडा न ७मा हरीदत्त बडु, वडा न९मा मोहन देव जोशी, वडा न ११मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न५ मा महेन्द्र कार्की, वडा न८मा चामुसिंह थापा र वडा न१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?