६ वटा महानगरपालिकामा कसको कति मत ? पछिल्लो अपडेटसहित

लोकपथ
4.4k
Shares

काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क्रम जारी रहेको छ ।

यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम :

काठमाडौं महानगरपालिका :

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ८,०३७ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ४,२५९ मत ल्याएका छन् ।

पोखरा महानगरपालिका :

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उम्मेदवार धनराज आचार्य ५,७४८ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ५,०७८ मत ल्याएका छन् ।

भरतपुर महानगरपालिका :

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार रेनु दाहाल ५,१६५ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ५,१४८ मत ल्याएका छन् ।

ललितपुर महानगरपालिका :

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ५,६२६ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २,०७८ मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिका :

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ५,१३३ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले २,३०६ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिका :

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ५,९०८ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले ४,३१३ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?