१३ असार २०७९, सोमवार

हेटौँडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै

२०७९,जेष्ठ,२,सोमवार २०:०४

4.059k
Shares

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौँडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजारर १५५ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५ हजार १४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल भने गठबन्धन भन्दा पछाडी पर्न थालेका छन् । पौडेलले ४ हजार ३८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ ७ हजार ४०८ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ५ हजार ३१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार २०:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार भएकाे निर्वाचनबाट नेपाली

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता

काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन नसकिएसम्म कुनै पनि राजनीतिक दलले जनप्रतिनिधिहरु राखेर कुनै पनि प्रकारका भेला नगराउन

ताजा समाचार

राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि
 २०७९,असार,१३,सोमवार २१:११