आजको राशिफल हेर्नुहोस्

लोकपथ
520
Shares

२२, फागुन २०७८ आइतबार । तद्नुसार मार्च ६ तारिक २०२२ । फागुनशुक्लपक्ष चर्तुर्थी तिथि, अश्विनी नक्षत्र, ब्रम्हा योग, बणिज करण चन्द्रमा मेष राशिमा छ । आज विहान सूर्योदय ६ः२५ मा भएकाे छ भने सूर्यास्त ०६ः०७ मा हुनेछ ।

बिहान ११ः५३ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ । आइतबार शुभकार्य गर्नु छ भने यो समय उपयुक्त मानिन्छ । आजको देवता ब्रम्हा र ग्रहदेव मंगल छ । आज ४ः४० देखि साँझ ६ः०८ सम्मको समय राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकार्य बर्जित छ । आज विहान सूर्यनारायणको दर्शन गर्नाले मनमा शान्ति र सद्भाव प्राप्त हुन्छ । आइतबार बिहान सूर्य दर्शन फलदायी मानिन्छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : स्वास्थ्यमा सुधार हुनेछ । मनमा अनेक सोच र चिन्ता  हट्दै जानेछ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्छ । आर्थिक लाभ हुनसक्छ । आजको दिन तपाईंले शुरुवात गर्नुभएको काममा सफलता प्राप्त हुनेछ । मानसम्मान प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन तपाईंलाई अर्थ लाभ हुनेछ । व्यापारव्यसायबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईंको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन तपाईलेको सोचअनुसारको काम हुनेछ । विहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला । घर परिवार र आफन्तबाटबाट साथ सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो कार्य गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिणा दिनुभयो भने तपाईलाई कन्याको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । हरहिसाब गर्दा विचार गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण अभिषेक दिनुहोला । प्रत्यक्ष देवता भनेका सूर्यनारायण हुन ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : ब्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा दौडनेहरुका लागि नसोचेको सम्मान मिल्नसक्छ । धैर्यको आवश्यकता रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ । आजको दिन शुरु गरेको काममा सफलता प्राप्त हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : विहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला ।  काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला । यात्रा फलदायी हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?