१५ आश्विन २०७९, शनिवार

एनआरएनए मतदाता नामावलीप्रति प्रमुख संरक्षक घलेले जनाए आपत्ति

२०७८,फाल्गुन,१६,सोमवार ०७:१३

0
Shares

गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधानविपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् ।

संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधानविपरीत चयन भएका १ हजार बढी मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया अगाडि नबढाउन समितिलाई आग्रह गरेका छन् । घले संघले हालै गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत हुन् ।

प्रतिनिधि सूचीको विषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो । उच्चस्तरीय समितिका सदस्य समेत रहेका अध्यक्ष कुमार पन्तले एक पक्षीय रुपमा विवादित मतदाता सूची निर्वाचन समितिलाई पठाए पछि विवाद चर्किएको दाबी अर्काे पक्षकाे छ ।

उच्चस्तरीय समितिद्वारा संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिले कुल ३ हजार ६ सय मतदातामध्ये करिब १ हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको निचोड निकालेको थियो ।

प्रकाशित मिति: २०७८,फाल्गुन,१६,सोमवार ०७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागलुङ । देश विदेशमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’ को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ

काठमाडौं । आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौंथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै आइतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले युवा तरुण विना देशको विकास र समृद्धि अकल्पनीय रहेको

ताजा समाचार