१२ जेष्ठ २०७९, बिहीवार

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

२०७८,माघ,१४,शुक्रवार ०७:५५

0
Shares

विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे ।

उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए । उनका एक छोरा र श्रीमती छन् ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार ०७:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ईजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका

गैरआवासीय नेपाली संघ )एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने भएको छ । सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको

गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधानविपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक

हालै बेलायतको अध्यागमन विभागले भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५