भिजिट भिसामा आउनेले युएईमा काम नपाउने, काम गरेको पाइए चर्को जरिवाना

लोकपथ
26
Shares

भिजिट भिसामा यूएईमा आएका विदेशी नागरिकहरुले काम गर्न नपाउने भएका छन्। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरुले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात(३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।

दुबई पब्लिक प्रोसिक्युसनलाई उदृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरुले बिना ‘वर्क परमिट’ काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लंघन हो। यसबाहेक अदालतले देश निकालाको आदेश पनि हुन सक्ने समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?