अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन सरकारको आग्रह

लोकपथ
1.3k
Shares

सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

अहिलेसम्म नेपालमा कोरानाको नयाँ रुप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

उनले सरकारले विदेश जाने÷आउने कुराहरु, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरुलाई कम गर्न अनुरोध गरेको पनि जानकारी दिए । सह प्रवक्ता अधिकारीले नेपालमा कोभिड–१९ का खोप अभियानहरु धेरै प्रभावकारी रहेको पाइएकोले खोप अभियानलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले यो भेरियन्ट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले यो अवस्थालाई मध्यनजर गर्दै सरकारले विभिन्न नाका र स्थानहरुमा निगरानी बढाएको बताए ।

सह प्रवक्ता अधिकारीले सबै व्यक्तिहरु कोरोनाबिरुद्धको खोप अभियानमा सहभागि बन्नुपर्ने भन्दै यस कार्यलाई तीव्र गतिमा लिएर जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?