भरूवा बन्दुकसहित एक जना पक्राउ

लोकपथ
585
Shares

काठमाडौं । संखुवासभामा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पाँचखपन नगरपालिका-५ खमारे बस्ने राम बहादुर राईलाई १ थान भरुवा बन्दुकसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले भरूवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?