दुई सन्तानसहित झुण्डिएको अवस्थामा एक महिला मृत फेला

लोकपथ
416
Shares

काठमाडौं । सर्लाहीमा एक महिला आफ्ना दुई सन्तानसहित मृत अवस्थामा फेला परेकी छिन् । सर्लाही बरहथवा नगरपालिका १ की २६ वर्षीया कविता हजारी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी हुन् ।

कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

कविताको ४ वर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

“घरको कोठामा उनको शव झुण्डीएको अवस्थामा फेला परेकी थिइन् । उनका एक छोरा र छोरी उनी झुण्डीएकै ठाँउतल मृत अवस्थामा फेला परेका छन् । तीनै जनाको शव पोष्टमार्टमका लागि पठाएका छौं ।” डीएसपी बुढाथोकीले बताए ।

मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?