थप ६० हजार टन मल नेपालमा

लोकपथ
0
Shares

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरबाट ३०÷३० हजार टन युरिया र डीएपी मल भित्र्याएको छ । वीरगन्ज, भैरहवा र विराटनगर नाकाबाट मल भित्रिरहेको कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसीले जानकारी दिए । हाल मलको अन्तिम लट भित्रिने क्रममा छ ।
स्वीस सिंगापुर कम्पनीले ३० हजार टन युरिया र भारतको देशहह ट्रेडिङ कम्पनीले ३० हजार टन डीएपी मल नेपाल ल्याएको खबर कान्तिपुरले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?