इन्सपेक्टरलाई कारबाही गर्न माग

लोकपथ
0
Shares

मोरङ । उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले इन्सपेक्टर उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् ।

बाँस्तोलाको हत्या भएको दावी गर्दै आन्दोलित आफन्तले इन्सपेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

मृतककी बहिनी सदीक्षा बाँस्तोलाले ‘न्याय मार्न खोज्ने व्यक्ति अझै उर्लाबारीमा कार्यरत रहेकाले असुरक्षाको अनुभूति भएको’ बताइन् । कान्तिपुरमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?