१४ जेष्ठ २०८०, आईतवार

गौशाला नगरपालिकामा आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

२०७७,माघ,२७,मंगलवार ०९:०२

0
Shares

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ ।

विद्यालयले सोमवार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गरेका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को इजाजत प्राप्त गरेर गौशाला नगरपालिकाले नेपालमै पहिलोपटक आयुर्वेदमा सो तहको पठनपाठन शुरुआत गराउन सफल भएको भन्दै पूर्वमन्त्री पोखरेलले आयुर्वेदको शिक्षालाई सबैले आधुनिक विज्ञानसँग जोड्न आग्रह गरे ।

उनले पश्चिमी विज्ञानको पछि लाग्दा अहिलेका व्यक्तिले प्राचीन योग, ध्यान र आयुर्वेदलाई बिर्सिँदै गएको भन्दै प्राचीन विज्ञानलाई जीवन्त राख्न यस्तो शिक्षाको सदुपयोग गर्न आग्रह गरे । उनले अहिलेको युगमा स्वस्थ र सक्षम जनशक्ति उत्पादन गर्न तथा दीर्घजीवी हुन योग, ध्यान र आयुर्वेदको विकल्प नरहेको बताए ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ०९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०