१४ जेष्ठ २०८०, आईतवार

दोस्रो चरणको खोप अभियान शुरु : पत्रकार, कूटनीतिक नियोग र सरकारी कर्मचारीलाई लागाइँदै

२०७७,माघ,२६,सोमवार १५:२९

0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आज (सोमवार) देखि सञ्चालन गरेको छ ।

पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई प्रदान गरिन थालेको हो ।

पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइएको थियो । उनका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आजैदेखि र अन्यलाई दुई–तीन दिनपछि लगाइने छ ।

आगामी पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई शुक्रवारसम्म खोप लगाइने छ । “ पत्रकार र कूटनीतिक नियोगका कर्मचारीवाहेक अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ”, उनले भने, “ दुई–तीन दिनपछि उनीहरुलाई पनि खोप लगाइने छ ।” अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीको विवरण संकलन भइरहेको छ । उनका अनुसार यस चरणमा करीब तीन लाख जनालाई खोप लगाइने छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाआश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाइएको थियो ।

पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोगलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालिएको छ । दोस्रो चरणको खोप पनि १० दिन भित्रसक्ने तयारी गरेको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचयपत्र खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १५:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

हेटौँडा । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आज हेटौँडाको बुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९